माघ २८, मुगु । कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका सञ्चार गृहलाई एक-एक लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ । मंगलवार नेपाल पत्रकार महासंघ शाखा कार्यालय सुर्खेतको २५ औं साधारणसभामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यस्तो घोषणा गरेका हुन ।
विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ का कारण यहाका मिडियाहरू संकटमा परेको अवस्थालाई मनन् गर्दै मन्त्री भण्डारीले कर्णाली प्रदेश भित्रका सबै स्थानीय एफएम रेडियो , केवल टेलिभिजन र सिनेमा हल लगायत मिडिया हाउसलाई एक र एक लाख रुपैया अनुदान दिने मन्त्री भण्डारीले जानकारी दिए । उनले भने नेपाली जनताको आँशु, रगत र पसिनाबाट लेखिएका संविधानका हरफहरू मेटिने हुन कि भन्ने आशंका उब्जिएको भन्दै सबैले संविधानको रक्षा गर्ने बेला आएको बताए । साधारण सभामा जिल्लाका पत्रकार लाई विभिन्न विधामा सम्मान गरिएको थियो ।