• २०८३ जेष्ठ ९ गते शनिवार

१ सय २१ केजी लागूऔषध सहित ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २७, उदयपुर । उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ परेको छ । कटारी नगरपालिका ८ सानो दमार स्थित सिद्धिचरण राजमार्ग अन्तर्गत बेतिनीबाट कटारी तर्फ अदुवा र बेसारसँगै लुकाई छिपाई ल्याउँदै गरेको १ सय २१ केजी गाँजा सहित पक्राउ हो ।

पक्राउ पर्ने ताप्ली गाउँपालिका ३ निगलबास निवासी हाल सिरहा धनगढीमाई नगरपालिका १० जिरोमाइल बस्ने ४१ वर्षिय सन्त बहादुर मगरलाई १ सय २१ केजी अवैध गाँजा र स १ च ८०४ नम्बरको बोलेर सहित पक्राउ परेको एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

यस्तै सिरहाको लहानबाट गाईघाट तर्फ आउँदै गरेको सार्वजनिक सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले जलजलेमा चेकजाँचको क्रममा लागूऔषध सहित ४ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १ बस्ने ३२ वर्षिय विदुर अधिकारी, त्रियुगा १४ बस्ने २६ वर्षिय कुमार मगर, त्रियुगा १३ बस्ने २५ वर्षिय सागर चौधरी र सुनसरी ईटहरी उपमहानगुरपालिका २ बस्ने २५ वर्षिय अभिषेक जैसवाल पक्राउ परेको छ ।

उनीहरुको साथबाट डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुजिजेसिपी २१ एम्पुल गरी ६३ एम्पुल र दुई वटा सिरिन्ज फेला परेको एसपी दाहालले पत्रकार सम्मेलनमा बताए । पक्राउ परेको पाँचै जनालाई म्याद थप गरि आवश्यक कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस