• २०८३ असार १२ गते शुक्रवार

सुर्खेतका एकजना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, सुर्खेत । सुर्खेतमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान साढे ४ बजे वीरेन्द्रनगर नगरपालिका–६ का ६१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार उनलाई १५ गते कोरोना संक्रमण पुष्टी भएको थियो। उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहकी उनलाई १८ गते कर्णाली प्रदेश अस्पतालको आईसीयु कक्षमा भर्ना गरिएको थियो। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको हो । योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस