• २०८३ मङ्सिर ८ गते सोमवार

देवदहमा म्यारथन प्रतियोगिता सम्पन्न,यी हुन बिजेताहरु

सुरज भट्टराई पढ्न लाग्ने समय : २ मिनेट

माघ २४, रुपन्देही । लियो क्लब अफ लर्ड बुद्ध देवदह रुपन्देहीले आयोजना गरेको म्याराथनमा नवलपरासीका गिरिलाल कुवर पाण्डे पहिलो भएका छन् । १४.५ किलोमिटर दुरि ५२ मिनट ०८ सेकेन्डमा पूरा गर्दै म्यारथनको उपाधी जित्न सफल भए ।

५२ मिनट ५४ सेकेन्डमा दुरि पूरा गरेका शंकनगरका अभिषेक पाण्डेले दोश्रो स्थान हासिल गरे भने ५३ मिनट ५४ सेकेन्डमा पूरा गर्दै युग ज्योति मा।वि ,देवदह मा अध्यनरत छात्र आशिष क्षेत्री तेश्रो भएका हुन् । त्यसैगरी महिला तर्फ बर्दियाकि कल्पना थारु १ घन्टा ७ मिनटमा दुरि पूरा गरेर प्रथम भईन । १ घन्टा ९ मिनट ०७ मा पूरा गर्दै कैलालीकि सिमा चौधरी दोश्रो र दाङकि अनिषा चौधरीले १ घन्टा १३ मिनटमा दुरि पूरा गरी तेश्रो भइन । प्रतियोगितामा २ सय १३ जनाले सहभागी भएको आयोजक क्लबका अध्यक्ष लियो सन्दिप तिवारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले देवदह महामानब गौतम बुद्धको जीवनसंग जोडिएका पर्यटकिय स्थलको विकाशमा आयोजकले कार्यक्रम आयोजनA4 गरेर ईट्टा थप्ने काम गरेको बताउनुभयो। उनले देवदहको खेलकुदमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लबलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केसी, उप(प्रमुख विद्या लक्ष्मी गुरुङ लगाएतको बाक्लो उपस्थिति रहेको थियो।

म्याराथनमा प्रथम, दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ क्रमस नगद रु १५ हजार, १० हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र पाएका थिए । खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन देवदह नगरपालिकाको भवन हुँदै, सिगाहा, भवानिपुर (बुद्धको मावली घर) ,पाकडी, शान्तिनगर, मायादेवी पार्क ,बन चौकी हुँदै पुनस् बुद्ध चोक आएर टुङ्गिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस