• २०८३ बैशाख ७ गते सोमवार

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५६२५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस