• २०८३ बैशाख १४ गते सोमवार

पुर्ण बहादुर बस्नेतद्धारा जय बागेश्वरी बालुवा प्रशोधन केन्द्रका संचालक राम दाहालमाथी ज्यानमार्नै उदेस्यले साघातिक हमला

पढ्न लाग्ने समय : २ मिनेट
  • खबर 24 नेपाल ५.नम्बर ब्युरो टिम

बैशाख १८, बाकें । जयबागेश्वरी बालुवा प्रशोधन केन्द्र अमिलियाका संचालक तथा शेयर सदस्य पुर्ण बहादुर बस्नेत ले आफ्नौ सहकर्मी तथा संचालक राम नारायण दाहाल माथी ज्यान मार्नै उदेस्यले साँघातिक हमला गर्नुभएको दाहालले आरोप लगाउनुभएको छ ।

लमही नगरपालिका वडा नं ९ निबासी पुर्ण बहादुर बस्नेतले बैसाख गते दिउँसो ३ बजे अमिलियामै रहेको जय बागेश्वरी बालुवा प्रसोधन केन्द्र उद्योग परीसरमै चिर्पट र बाँसको भाटाले साँघातिक हमला गर्नुभएको राम नारायण दाहालले बताउनुभयो ।

कुनैपनि व्यक्तिगत रीसिईबी तथा बैमनस्यता नभएको भन्दै दाहालले पुर्ण बहादुर बस्नेतले एक्कासी आफु र काठमाण्डौ मा कक्षा ११ मा अध्ययनरत छोरा अर्पण दाहाल दाङ घुम्न आएको बेला वावु छोरामाथी आक्रमण गरेको दाहालको आरोप छ ।

एक बर्ष सम्म आर्थीक दायित्व बोकेका बस्नेतले उद्योगको हिसाब किताब हाल सम्म नबुझाएको र उद्योगको माल जबर्जस्ति उठाउन खोज्दा रोक्ने सहमती का आधारमा एकाउन्टेन्टले माल लोड गर्न नदिएपछि आक्रमक भएका बस्नेतले दाहालमाथी एक्कासी आक्रमण गरेको दाहालको आरोप छ ।
आक्रमण बाट दाहालको हात र ढाडमा गम्भिर चोट लागेको र शिक्षण अस्पताल नेपालगंज बाट उपचार पस्चात दाहला हाल बेड रेष्टमा हुनुहुन्छ ।
आक्रमण गर्नै बस्नेतमाथी ज्यान मार्नै उद्योग अन्तर्गत मुद्धा दर्ता गरी कानुनी कठघरामा उभ्याउने दाहालको दावी छ भने उता बस्नेतले भने दुई पक्षिय झडप भएको र दाहाल र उहाँका छोराले आफुमाथी आक्रमण गरेको बताउनुभएको छ ।

बस्नेत पनि शिक्षण अस्पताल कोहलपुरमा उपचार पस्चात घरमै आराम गरीरहनुभएको छ ।
तर, बस्नेतले आफुमाथी लगाईएको आरोप झुट्ठा भएको दावी गर्नुभएको छ
बस्नेतले ढाई महिना अघि एक जना अर्का उद्योगी व्यवसायीलाई पेट्रोल छर्किएर आगो लगाएर मार्नै प्रयास गरेको तर उद्योगको प्रतिष्ठाका कारण सो घटनालाई सामसुम पारीएको समेत बताउनुभयो ।

यसै बिषयमा आफुमाथी आक्रमण गरेको भन्दै बस्नेत र दाहाल दुवै जनाले ईलाका प्रहरी कार्यालय लमहीमा ठाडो निबेदन दिएको ईलाका प्रहरी कार्यालय अमिलियाका निमित्त प्रहरी प्रमुख माहेन खत्रिले जानकारी दिनुभयो । खत्रिका अनुसार घटना भएको स्वतत्ररुपले पुष्टि गर्न सकिने भन्दै दुवै जनालाई घाउ चेक जाँचको निवेदन सहित नेपालगंज पठाईएको खत्रिले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस