• २०८३ बैशाख ५ गते शनिवार

ट्राफिक नियन्त्रण तालिम संचालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम शुरु भएको छ ।

सोही महाशाखामा आइतबार आयोजित एक समारोहबीच सोही महाशाखाका प्रहरी उपरीक्षक संजिव शर्मा दासले तालिम उद्घाटन गर्दै ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तालिम उपयोगी हुने बताउनुभयो ।

४५ कार्य दिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ५६ जना गरी ५८ जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस