माघ २१, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संगठन नेपालका सह संयोजक रमेश पौडेलले बन्दको विरुद्ध सशक्त प्रतिवादका लागि सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले लोकतन्त्रको रक्षा, तिब्र विकासको निरन्तरता र राष्ट्रियताको प्रवर्द्धनका लागि बन्द हडताल जस्ता कार्यको घोरभर्सना गनुभपर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पद, प्रतिष्ठा र कुर्सी पाईएन, आफ्नाहरुले लुट्न पाएनन् भनेर प्रचण्ड( माधव समुहले २३ गते आउने जन सागरबाट अतालिएर भोलि माघ २२ गते आम हड्तालको आब्हान गरेको समेत बतोनु भएको छ । उहाँले सर्वसाधारण जनतालाई सास्ती हुने बन्द, हडताल तथा चक्काजाम जस्ता गतिविधि जस्ले जे सुकै प्रयोजनका लागि गरेको भएता पनि यो नितान्त गलत भएको बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ : पद, प्रतिष्ठा र कुर्सी पाईएन , अाफ्नाहरुले लुट्न पाएनन् भनेर प्रचण्ड- माधव समुहले २३ गते आउने जन सागरबाट अतालिएर , भाेलि आम हड्तालकाे आवहान गरेकाे सुनियाे । सर्वसाधारण जनतालाई सास्ती हुने बन्द , हडताल तथा चक्काजाम जस्ता गतिविधि जस्ले जे सुकै प्रयोजनका लागि गरेको भएता पनि याे नितान्त गलत छ । राजनीतिमा पराजित भएपछि मानिसहरू अपराधीक र जनतालाई सास्ती दिने कार्यमा लाग्छन भन्ने कुरा यस्ता हर्कतले पुष्टि गरेकाे छ । तसर्थ , खुलेर अाम हडतालको प्रतिरोध गर्दै सम्पुर्ण पक्षलाई सर्वसाधारण जनताकाे पक्षमा उभिन हार्दिक अपिल गर्दछु ।साथै लाेकतन्त्रकाे रक्षा , तिब्र विकासकाे निरन्तरता र राष्ट्रियताकाे प्रवर्द्धनका लागि यस्तो कार्यको घोरभर्सना गर्दै पुन : सम्पुर्ण सचेत नागरिकहरुलाई अराजकताको बिरुद्ध ससक्त प्रतिवादका लागि अनुरोध गर्दछु ।
