• २०८३ बैशाख २६ गते शनिवार

प्रचण्ड–नेपाल पक्षले नेपाल बन्द गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले माघ २२ गते नेपाल बन्द गर्ने भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाउदै नेपाल बन्द गर्न लागेको बताएका हुन ।

उनले प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेकाले नेपाल बन्द गर्न लागेको बताए । उनका अनुसार आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित गरिने छैन।

हेर्नुहोस विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस