माघ १९, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) तारकेश्वर कमिटीले तारकेश्वर नगरपालिका अन्तरगत ११ वटै वडामा भेला गर्ने भएको छ । माघ २३ गते हुने नेकपाको बृहत भेलाको तयारी स्वरुप नगरकमिटीले भेला राख्न लागेको हो ।
तारकेश्वर नगर कमिटीको सोमबार बसेको वडा कमिटी अध्यक्ष सहित जनप्रतिनिधीहरुकोे बैठकले सबै वडामा भेला गर्ने निर्णय गरेको हो । माघ २३ गतेका लागि जनसहभागिता जुटाउने उद्देश्य सहित कार्यक्रम गर्न लागेको नेकपा केन्द्रिय सदस्य तथा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले जानकारी दिनुभयो । तारकेश्वरमा गरिने भेलामा तानपा १ नंं वडाको भेला माघ २२ बिहान ८ बजे साङ्लामा, तानपा २ को भेला माघ २१ गते बिहान ८ बजे कालिदेवी स्कुलमा, तानपा ३ को भेला माघ २० गते पाटी कार्यालय तिनपिप्लेमा, तानपा ४ को भेला माघ २१ गते गुह्वेश्वरीमा, तानपा ५ को भेला माघ २१ गते बेलुका ४ बजे जेनल स्कुलमा रहने छ ।
यस्तै तानपा ६ को भेला माघ २१ गते बिहान ८ बजे ग्रामसेवा स्कुलमा, तानपा ७ को भेला माघ २१ गते बिहान ८ बजे फुटुङ चौरमा, तानपा ८को भेला माघ २० गते नगरकमिटीको कार्यालयमा, तानपा ९ को भेला माघ २१ गते वडा कार्यालयमा, तानपा १० को भेला माघ २१ गते बेलुका ४ बजे मनमैजु सास्कृतीक समाजको भवनमा र तानपा ११ को भेला माघ २० गते बेलुका ४ बजे वडा कार्यालयमा बस्ने निर्णय भएको छ ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, नेकपा केन्द्रिय सदस्य श्याम कुमार घिमीरे, नेकपा केन्द्रिय सदस्य लेखनाथ फुयाँल, काठमाडौं जिल्ला कमिटी सदस्यहरु सिताराम रेग्मी, हरीशरण तिमल्सेना, विदुर अर्याल, विश्वनाथ लामिछाने, बिन्दा बुढाथोकी, सबै वडा कमिटी अध्यक्ष, सचिव लगायतका नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रम तारकेश्वर नगरकमिटी अध्यक्ष बासु गाैतमले सञ्चालन गर्नुभएकाे थियाे ।