माघ १९, मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । प्रदेशसभा सचिवालयद्वारा जारी सूचनाका अनुसार आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको हो ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।