माघ १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका थप १५७ जना सङ्क्रमित थपिएका छन् । योसगैं नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ७४५ जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा ३३३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८।१४ भएको छ
पछिल्लो चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै दुई हजार २५ जना सङ्क्रमितको मृत्यु भएको छ ।