माघ १६, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको पुर्ण बैठक माघ २४ र २५ गते काठमाडौंमा हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको पुर्ण बैठकमा जिल्ला रिपोटिङ सहित बैठक बस्न लागेको राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक रमेश पौडेलले बताउनु भयो ।
उहाँका अनुसार माघ २४ र २५ गते जिल्ला रिपोटिङ सहित कमिटीको पुर्ण बैठक बस्न लागेको हो । उहाँले सबै केन्द्रिय सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि समेत अनुरोध गर्नु भएको छ । सबै केन्द्रिय सदस्यहरुलाई माघ २२ गते साझसम्म युवा संघ नेपाल केन्द्रिय कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।
