• २०८३ भाद्र १९ गते शुक्रवार

त्रिशूली–३ ए सुरुङभित्रबाट मानिसको आवाज सुनियो : रास्वपा सांसद न्यौपाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बताएका छन्।

सांसद न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको उनले बताएका छन्।

सुरुङभित्रबाट मानिसको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको न्यौपानेले बताएका छन्। यसले सुरुङभित्र फसेकाहरूलाई सकुशल उद्धार गर्न सकिने आशा थपिएको उनको भनाइ छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस