• २०८३ बैशाख १६ गते बुधवार

भक्तपुरमा घरको तेस्रो तलाबाट लडेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, भक्तपुर। जिल्लाको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कुण्डोलमा ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो ।

उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस