• २०८३ साउन ३१ गते आइतवार

नेकपा नुवाकोटको अध्यक्षमा मैनाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन भएका छन । विहिबार नेकपा ओली समहुले आयोजना गरेको जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दे ओली समुहका नेता बद्री मैनालीलाई अध्यक्षको जिम्मा दिएको हो ।

बैठकले पार्टी अध्यक्षको जिम्मा मैनालीलाई दिएपनि अन्य सचिवालयको जिम्मेवारी भने कसैलाई दिएको छैन । बाँकी रहेका पदाधिकारीको जिम्मेवारी समेत छिट्टै बैठक बसेर टुङ्ग्याउने नेकपाका ओली समुका नेता तथा केन्द्रिय कमिटिका सदस्य केशव पाण्डेले जानकारी दिए । बैठकले आजै एकसय ३१ जिल्ला सचिवालय समिति थप गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस
छुटाउनुभयो कि ?
लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित मंसिर २८, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ । कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए । याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ । एनपीएल क्रिकेटकाे आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे विराटनगर किङ्ग्स र चितवन राइनाेज खेल्दैछन् ।