• २०८३ जेष्ठ ६ गते बुधवार

एनआईसी एशिया बैंकले तीन महिनामै दुई अर्ब ६ करोड कमायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ १५,काठमाडौँ। एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा २.१९ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

यस अवधिसम्म बैंकको चुृक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ, सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ६० अर्ब १८ करोड रुपैयाँबाट बढेर २ खर्ब २१ अर्ब २३२ करोड रुपैयाँ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस