• २०८३ जेष्ठ ९ गते शनिवार

काँग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३,काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा अमेरिकामा नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको अमेरिकी दुतावासले जनाएको छ ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौं देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ । भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस