• २०८३ बैशाख २९ गते मङ्गलवार

थप २३२ मा सङ्क्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा कोरोनाभाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । योसगैं हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार १८० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने एक हजार ९९४ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस