माघ १०, काठमाडौं । नेकपा चन्द्रागिरि नगर कमिटीका खाली पदमा मनोनीत गरी सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका स्थित सतुंगल पार्टी प्लेसमा शुक्रबार आयोजित विशेष कार्यक्रममा नगर कमिटी र केही वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराइएको हो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी कमिटी मजबुत गर्दै गतिविधिहरु सञ्चालन गर्ने निर्देशन अनुसार चन्द्रगिरि नगरपालिकाका नगर र वडा कमिटीहरुमा सपथ ग्रहण गराइएको नगर अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो ।

नेकपा केन्द्रीय कमिटी सदस्य राजेन्द्र खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर र वडा कमिटीका गरी २०० भन्दा बढी सदस्य तथा पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो । सो कार्यक्रमलाई सम्बोधन नेता खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राष्ट्रियको संरक्षण समृद्ध नेपाल खुसी नेपालीको नारालाई सार्थक पार्न आ–आफ्ना क्षेत्रबाट जिम्मेवारीसाथ पार्टी गतिविधिमा लाग्न आग्रह गर्नुभएको छ ।