• २०८३ बैशाख १७ गते बिहिवार

नेकपा तारकेश्वर नगर कमिटीको आम भेला सम्पन्न

खबर24नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

माघ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तारकेश्वर नगर कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेला सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि जेस्ठ सदस्य प्रल्हाद बुडाथोकीको अध्यक्षतामा बैठकको शुरुवात गरिएको हो ।

कार्यक्रममा प्रमूख अथिति बागमती प्रदेश कमिटीका सचिव खेम लोहनी, विशेष अतिथिमा शहरी बिकास राज्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य रामवीर मानन्धर, प्रदेश सभासद तथा पुर्व मन्त्री केशव स्थापित, काठमान्डौं जिल्ला कमिटीका अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य कृष्ण राई, केन्द्रीय सदस्यहरु श्याम घिमिरे, लेखनाथ फुयाल, जिल्ला कमिटीका बिदुर अर्याल, विस्वनाथ लामिछाने, सिताराम रेग्मी, हरिसरण तिमिल्सेना, कृष्ण अधिकारी, युवा संघका नेता अमित पाैडेल, अनेरास्ववियुका नेता सुमन कार्की, नगर कमिटीको विभिन्न पदमा कार्यरत पदाधिकारीहरु, विभिन्न वार्डका वडाध्यक्षहरु लगायत सदस्यहरु, पत्रकार, विभिन्न पेशा ब्यबसायमा संलग्न सामाजिक ब्यक्तित्वहरुको ब्यापक उपस्थिति थियो ।

No description available.

नेकपाको विवादसंगै माथिल्लो तहमा नेता विचमा धमिलिएको सम्बन्ध तल्लो कमिटीसम्म पनि परेको देखिन्छ । यसको सामान्य असर तारकेश्वर नगर कमिटीमा परेको भनिएतापनि केहि ब्यक्तिहरुको भ्रमको वावजुद पनि यस नगर कमिटीको भेलामा मानिसहरुको ब्यापक उपस्थिति थियो । कार्यक्रममा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मन्त्री मानधरले भने अहिलेको यो क्षण एतिहासिक क्षण भएको र सरकारले राम्रो काम गर्दा गर्दै पनि आफ्नै सहकर्मीद्वारा पटक पटक पद र कुर्चीको लोभमा परी काम गर्ने वातावरण सृजना नभएकोले प्रतिनिधि सभा बिघटन गर्ने बाध्यात्मक स्थिति पैदा भएकोले केहि तत्वहरु उछिट्टिएपनि मूलधारको राजनीतिलाई छोड्न नहुने कुरा औंल्याउनु भयो ।

No description available. त्यस्तै अर्का वक्ता केशव स्थापितले प्रचन्ड र माधब नेपाल स्वार्थको भूमरीमा नाच्ने नेता भएकोले उहाँहरुको संगतले गर्दा आफले जीवनमा पटक पटक धोका खाएको कुरा उल्लेख गर्ने क्रममा प्रचन्डलाई दुःख पर्दा उनले मित लगाएको कुरा प्रष्ट्याउदै उनको पछि लाग्ने जति कसैको भलो नभएको कुरा औंल्याए । त्यस्तै सरकारले पनि जनताको मन जित्नलाई नयाँ नयाँ जनहितका कार्यक्रमहरु ल्याउनुपर्ने कुरा उल्लेख गरे ।

No description available.

त्यस्तै कार्यक्रममा विशेष अथिति काठमाडौं जिल्ला कमिटीका अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण राईले अहिलेको नेकपा दुइ धारमा विभाजित हुनुपरेको एक मात्र कारण पद, कुर्ची, नातावाद, कृपावाद र इलेक्टेड पद्दति भन्दा आशिर्वादमा रमाएर सेलेक्टेड पद्दतिमा विस्वास गर्नु नै हो भन्ने कुरा प्रष्ट पारेका थिए ।

कार्यक्रमका अन्तिम वक्ता प्रमूख अतिथि खेम लोहनीले तारकेश्वरमा अहिले नेकपाको स्थिति पहिला जस्तो थियो केहि उछिट्टिएर गएपनि अहिले पनि उत्तिकै अवस्थामा भएकोले यसलाई अझ सुदृढ तरिकाले अगाडि बढाई जनहितका कार्यहरु जुन रफतारमा संघिय तथा प्रदेश सरकारले अगाडि बढाएको छ त्यहि रफतारमा तारकेश्वरले पनि बढाउनुपर्ने र आम सर्व साधारण मानिसहरुलाई निर्वाचनमा होमिनुपर्ने कारणबारे पनि खुलस्त गराउनु पर्ने कुरामा जोड दिनुभयो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस