• २०८३ बैशाख १६ गते बुधवार

थप ३३६ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौँ। थप ३ सय ३६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ७९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस