• २०८३ जेष्ठ १८ गते सोमवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८,काठमाडौँ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।

बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ ।

बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै, चाँदी तोलामा रु १५ ले बढेको छ । बुधबार रु एक हजार २६० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस