• २०८३ जेष्ठ २८ गते बिहिवार

डिजेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । डिजेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा मंगलबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका-१४ बल्खुमा एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त, कालिमाटीका अनुसार ना ७ ख २२०९ नम्बरको डिजेल ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिलराज बोहराका अनुसार ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार बल्खु आश्रममार्ग घर भएकी ५८ वर्षीया रीता खड्गी घाइते भएकी थिइन । उनको उपचारको लागि तत्कालै बल्खुकै बयोधा अस्पतालमा लगिएको थियो। गम्भीर घाइते उनको उपचारकै क्रममा ७ बजे मृत्यु भएको हो । स्कुटर चालक श्रीमान जेन खड्गी सामान्य घाइते भएका छन् ।

ट्याङ्कर चालक बारा जितपुर सिमराका ३० वर्षीय सागर लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले ट्याङ्कर महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखेको छ भने स्कुटर बल्खु ट्राफिकको नियन्त्रणमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस