• २०८३ बैशाख १६ गते बुधवार

प्रचण्ड-माधव समूहमा लाग्यो अर्को झट्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहलाई फेरी झट्का लागेको छ । प्रचण्ड(माधव पक्षका दलका नेता भीम आचार्यको अध्यक्षमा बसेको सांसदहरूको बैठक शुरू भएको छ । बैठकमा ३३ सांसद उपस्थित छन् ।

बैठकमा नेकपा संसदीय दलका उपनेता टंक आङबो अनुपस्थित छन् । समूहमा रहेको भनिएका आङबोसहित सांसद तुलसीप्रसाद न्यौपाने, टंक आङबो, गुलेफुन मिँया अनुपस्थित भएपछि प्रचण्ड(माधव समूहमा झट्छका लागेको हो । प्रचण्ड(माधव समूहका ३७ संसदले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वास प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । प्रस्तावमा हस्ताक्षरकर्तामध्ये ५ सांसदले मुख्यमन्त्री राईलाई सघाउने भन्दै प्रचण्ड माधव समूहको क्याम्प परिवर्तन गरिसकेका छन् ।

प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारबाट शुरु हुँदैछ । प्रदेशसभामा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारलाई कुनै पनि हालतमा विघटन हुन नदिने दाबी गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस