• २०८३ बैशाख ९ गते बुधवार

कोरोनाका कारण पूर्वसभामुख महरा पत्नी सीताको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौँ । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा पत्नी सीता महराकोे कोरोनाका कारण निधन भएको छ । महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्यइएको थियो। उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्।

२०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी उनी माओवादी जनयुद्धमा भूमिगतसमेत भएकी थिइन्। कृष्णबहादुर महरासँग उनको ३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस