• २०८३ बैशाख २१ गते सोमवार

साझ र बिहान छक तार्न सडक छैउमा ब्यापार गर्नेहरुमाथि नगर प्रहरीको दमन

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

माघ ६, दाङ। घोराही बजारका विभिन्न स्थानहरुमा सडक पेटिमा फलफुल तथा तरकारी विक्री गरेर कयौले आफ्नो साझ विहानको छाक जुटाउने गरेका छन् । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडी, सहिद गेट, बैंक रोड लगाएतका विभिन्न स्थानमा सडक छैउमा फलफुल तथा तरकारी विक्री गर्दै उनिहरुले आफ्नो दैनिकी चलाएका छन् ।

सडक पेटीकै व्यवसायको भरमा जिवन निर्वाह गरिरहेका उनिहरुलाई नगर प्रहरीले वेलावेलामा उठाउने गरेको छ । जस्का कारण व्यवसायीहरुलाई समस्याभएको छ । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडीको सडक छेउमा फलफुल विक्रि गर्दै आउनु शालिकराम भण्डारी भन्नुहुन्छ,–‘हामी माथि नगर प्रहरीले ज्यादती गरेको छ ।

नगर प्रहरीले हामीलाई उठाउछ । नगर प्रहरीको दमन सहदै पनि हामीले यो गर्र्नु हाम्रो रहर होईन बाध्यता हो । त्यसैले हामीलाई उठाउने भन्दा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ घोराही उपमहानगरले सोच्नु पर्छ, उहाँले भन्नु भयो ।

यस्तै घोराहीकै रामसरी सुनारले भन्नु भयो,–‘सबै व्यवसायीहरुले सडक पेटि मिच्ने गरेर आफ्नो व्यवसाय गरेका हुन्छन् । त्यो घोराही उपमहानगरले देख्दैन तर हामीले सडकको त्यत्ति नै भाग ओगट्ने गरेर गरेको व्यापार देख्छ । गरिव दुखीलाई सरकारले पनि हेलाको व्यवहार गर्दो रैछ । बरु हामी भाडा तिर्न तयार छौँ तर हामीलाई बेला बेलामा नगर प्रहरी आउदै र उठाउने काम बन्द गरियोस्,–उहाँले भन्नु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस