माघ २, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । मंगलबार बिहान सर्वोच्चको गेटमा पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी ३९ वर्षीया गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गत शुक्रबार आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन्।