• २०८३ असार ४ गते बिहिवार

धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, विराटनगर। कोरोना संक्रमणका कारण धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

धनकुटा जिल्लाकी ७७ बर्षिया महिलाको उपचारको क्रममा माघ ६ गते विहान मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ । जिल्ला अस्पताल धनकुटाले माघ १४ गते रिफर गरेको र कोभिड अस्पताल धरामना माघ १६ गते कोरोना पुष्टि भएर उपचार गराइरहेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उच्च रक्त चापको विरामी भएकी उनलाई सासर्फेन समस्या भएपछि अस्पताल भनाए गरिएको थियो यो संगै प्रदेश १ मा मृत्यु हुनेको सख्यां ४ सय ६४ रहेको छ भने ३० हजार ८६ जनालाई संक्रमण भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस