• २०८३ असोज २८ गते बुधवार

सुर्यदेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७९ श्रावण ०१ गते आइतवार तदनुसार ई. सं. २०२२ जुलाई १७ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्थी/चौथी तिथि, दिउँसो ०३:३९ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, शतभिषा नक्षत्र, साँझ ०६:५० बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आय आर्जनका मार्गमा स्पष्ट निणर्य गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । इच्छा र योजना अनुसार सबै कामहरू सम्पन्न हुनेछन् । पारिवारिक वातावरण पनि सकारात्मक नै देखिन्छ, तर अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पठनपाठनका अतिरिक्त क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, अध्ययन/अध्यापनप्रति जाँगर बढ्ने समय छ । कर्मसिद्धिको समय छ, कार्यक्षेत्रमा जानकार र अनुभवीको तथा घरमा मातापिताको आशीर्वाद प्राप्त गरेमा हरेक काममा सफलता पाउन सक्नुहुन्छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो मिहिनेत गर्ने दिन हो, अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार प्रतिफल पनि राम्रै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वा सामाजिक काममा व्यस्त रहँदा बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । आय आर्जनका मार्गमा स्पष्ट निणर्य गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
झिनामसिना काम र घरेलु समस्यामा अलमलिंदा अलमलिंदै आजको दिन बित्नेछ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । कसैको चित्त दुखाएर धन वा प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन हलुका र शरीर तन्दुरुस्त रहने दिन हो, तर रामरमाइलो त्यागेर आफ्नो काम र प्राथमिकताउपर ध्यान दिनुहोला । पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भेटघाट र मिलनको समय छ, तर बेकारका कुराकानी र ख्यालठट्टाले आपसी दूरी बढ्नसक्छ । कुनै न कुनै अप्ठ्यारोले पछ्याइरहने परिस्थिति छ, आत्मीयजन वा साथीभाइको भूमिका पनि चित्त बुझ्दो देखिंदैन, मानसिक तनाव र बोझ बढेको अनुभूति हुनेछ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अध्ययनप्रति गम्भीर भइने छ, परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्ने समय हो । मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, आँटेको काम सजिलै सम्पादन हुनेछ । छोराछोरीको खुसीका लागि पनि आज समय निकाल्नु बुद्धिमानी हुनेछ । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ । घरपरिवार वा प्रेयसीका लागि पनि केही समय छुट्याउनुपर्ने हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरपरिवारबाट सुखद समाचार सुन्न पाउनु हुनेछ । घुमघाम र मनोरञ्जनको मौका मिल्ने वा योजना बन्ने समय छ । प्रतियोगी र प्रतिस्पर्द्धी कमजोर भएको दिन हो । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अतः कुनै महत्त्वपूणर् निणर्य लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ । पारिवारिक वातावरण राम्रै छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रूचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ । कार्यक्षेत्रमा परिवर्तनको धारणा आउनसक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिष्ठामा बृद्धि हुने दिन हो, आफूभित्रको निणर्यक्षमता र व्यवस्थापकीय कौशलता प्रदर्शन गर्दै छुट्टै पहिचान स्थापना गरिने छ । भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नु ठीक हुन्छ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भनेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, साथै आफ्नो रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस