• २०८३ असार १७ गते बुधवार

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ३८ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, एजेन्सी। विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ३८ लाख ५ हजार ६१२ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ३२५ संक्रमित थपिएसगै ९ करोड ३८ लाख ५ हजार ६१२ पुगेको हो ।

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख २६ हजार ९३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १३६ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

Sharing

प्रतिक्रिया दिनुहोस