माघ ३, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्ष जिल्ला कमिटी रोल्पाले २ महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। शनिबार लिबाङमा सम्पन्न ओली पक्षको चौथो पूर्ण बैठकले गाउँ-गाउँसम्म पुग्ने कार्यक्रम तय गरेको नेकपा केन्द्रीय सदस्य इश्वरी जिएमले बताइन्।

बैठकले पार्टी केन्द्र र प्रदेशको सर्कुलर अनुसार माघ र फागुन महिनामा सम्पन्न गर्नेगरी जिल्ला, गाउँपालिका र वडा तहमा विशेष अभियान सञ्चालन गर्न निमप्रसाद रोकाको संयोजकत्वमा अभियान परिचालन कमिटी गठन गरेको छ।
अभियानका लागि सुनिलस्मृति गाउँपालिकामा दिपक बिष्ट, रुन्टिगढी गाउँपालिकामा गोपाल डाँगी, त्रिबेणी गाउँपालिकामा भुपालसिंङ डाँगी, अमृत बुढा र ठाकुर वली, गंगादेब गाउँपालिकामा पहलबहादुर बिक, रोल्पा नगरपालिकामा क्रान्ति आचार्य, कृष्णी गौतम र दयाराम डाँगी, माडी र थबाङ गाउँपालिकामा कुमार दशौदी, लुङ्ग्री गाउँपालिकाका किशन बिष्ट, सुनछहरी गाउँपालिकामा मोतबहादुर घर्ती र सुर्य घर्ती, परिवर्तन गाउँपालिकामा टेकेन्द्र रोका र लोकेन्द्र घर्तीलाई उक्त अभियन संयोजन गर्नेगरी जिम्मेवारी दिइएको केन्द्रीय सदस्य जिएमले जानकारी दिएकी छन्।
नेकपा रोल्पाले अभियान सफल बनाउन रोल्पा निर्वाचन क्षेत्र नं। १ मा खिमचन्द्र पुन र क्षेत्र नं. २ मा प्रेम घर्तीलाई अभियानको संयोजन गर्न जिम्मेवारी दिएको छ। बैठकले नयाँ ६१ सदस्य थपेर पार्टीको जिल्ला कमिटी बिस्तार समेत गरेको नेकपा रोल्पाले जानकारी दियो।
केन्द्रीय सदस्य बालाराम बुढाको अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य गोकुल घर्तीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा नेकपा लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको विशेष आतिथ्यतामा बसेको बैठकलाई केन्द्रिय सदस्यहरु कुमार दशौदी, शान्तकुमार ओली, बालाराम बुढा, ईश्वरी जिएम, नेताद्वय रामबहादुर ओली र नरसिंङ रानाले सम्बोधन गरेका थिए।