• २०८३ बैशाख २५ गते शुक्रवार

तोलामा १३ सय बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । सुनको मूल्य आज प्रतितोला १३ सयले बढेको छ।

आज छापावाला सुन प्रतितोला १३ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस