• २०८३ बैशाख १५ गते मङ्गलवार

सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै कांग्रेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।पौष १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

Sharing

प्रतिक्रिया दिनुहोस