• २०८३ बैशाख २६ गते शनिवार

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदन माथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

यो विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहतपूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । आज पनि यो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ । रिट निवेदक १३ मध्ये ११ जनाले यो विषय बृहतपूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् ।

सर्वोच्च अदालतको संंवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दालाई संंवैधानिक इजलासमा नै राख्ने वा बृहतपूर्ण इजलासमा पठाउने विषयमा अधिवक्ताहरू र न्यायाधीश बीच सवाल जवाफ भएको छ । यही पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

आदेशानुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेस भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस