माघ ०२, एजेन्सी । अहिले उत्पादन भएका कोरोना विरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ । खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को युरोपेली शाखाले जनाएको छ ।
अहिलेसम्म विश्वभर तीन करोड २० लाख कोभिड–१९ विरूद्धको खोप प्रयोगमा आइसकेका छन् । अनलाइन मार्फत् पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले सामूहिक रूपमा कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न नसक्ने भएपछि अहिले ९५ प्रतिशत मात्रा १० देशमा मात्रै सीमित हुन पुगेको जानकारी गराउनुभयो ।
डब्ल्यूएचओले सबै देशमा खोप पठाउन काम गरिरहेको तर यसको लागि हरेक देशले योगदान पुर्याउन, अनुदान दिन र सहयोग पुर्याउन एवं खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक रहेको जनाएको छ ।