• २०८३ बैशाख २५ गते शुक्रवार

मन्त्री रावललाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौँ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं ल्याइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस