पौष २७, एजेन्सी। विश्वमा कोरोनाबाट बितेको २४ घण्टामा ८ हजार ८३३ जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४५ पुगेको छ । हालसम्म विश्वभर ९ करोड ६ लाख ७५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९६ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड ३९ लाख ३६ हजार ७२५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।