• २०८३ कार्तिक २२ गते शनिवार

ग्रहण र चुनाव जोडेर भविष्यवाणी गर्ने ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । ज्योतिषी रुद्रनाथ अधिकारी लाई प्रहरीले पक्राउ गरेको छ। ग्रहण लाग्ने समय र निर्वाचनको मिति जोडेर चुनाव नहुने तथा भए पनि अनिष्ट हुने भविष्यवाणी सार्वजनिक गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौं प्रहरी परिसरका अनुसार अधिकारीलाई आइतबार कीर्तिपुर–मच्छेगाउँस्थित निवासबाट पक्राउ गरिएको हो। उनकी श्रीमती लक्ष्मी अधिकारीका अनुसार प्रहरी घरमा पुगेर ‘१० मिनेट कुरा गर्नु पर्‍यो’ भन्दै उनलाई लगेको र साँझसम्म घर फर्काउन नमिल्ने जानकारी दिएको बताइन्। उनले सम्मानपूर्वक राखिने भनिए पनि औपचारिक प्रक्रिया तत्काल अघि नबढेको दाबी गरेकी छन्।

अदालत बन्द रहेकाले पक्राउपछि कानुनी प्रक्रिया अघि बढ्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। उता, केही ज्योतिषीहरूले अधिकारीको पक्राउको विरोध जनाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको बताएका छन्।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस