• २०८३ जेष्ठ ५ गते मङ्गलवार

प्रचण्ड–माधव समूहमा फेरि गयो पहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौँ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका राम्रा नेताहरूले गुट परिवर्तन गरेर सर्लाही जिल्लामा प्रधानमन्त्री केपी ओलीको समूहतिर लागेका छन् ।

सर्लाहीमा प्रचण्ड निकट मानिने पूर्वसांसद शिवपुजन राय, राजनारायण राय यादव, शम्भु पासवान, पूर्व पार्टी सचिव राजकुमार यादवलगायतका एक दर्जन बढी राम्रा नेताहरू ओली समूहमा खुलेर लागेपछि प्रचण्ड(माधव समुहमा फेरी पहिरो गएको छ ।

मावधकुमार नेपाल निकटका ममता सिंह राजपुत, सञ्जीव सिंहलगायतका नेताहरू पनि ओली समूहतिर लागेका छन् । ओली समूहले योही पौष २८ गते मलंगवामा भब्य प्रदर्शनको तयारी गरेको छ । प्रदर्शनलाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश २ का ईञ्चार्ज सत्यनारायण मण्डल, प्रदेश २ का अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, लीलानाथ श्रेष्ठ, जुली महतो, रघुवीर महासेठ लगायतले सम्बोधन गर्ने जनाइएको छ । सर्लाही जिल्लामा ओली समूहले आफ्नो दब्दबा कायम राखेको छ । सर्लाही जिल्लामा ओली समूहका केन्द्रीय सदस्यहरू बद्रीप्रसाद न्यौपाने, कमलादेवी महतो, राजनारायण साह, हरि उप्रेती, गणेश प्रसाइँ र कल्पना कटवाल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस