• २०८३ बैशाख २४ गते बिहिवार

रोकिराखेको ट्रिपरसँग स्कुटर ठोक्कियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौँ । रोकिराखेको ट्रिपरमा ठोक्किएर बौद्धमा एक जना स्कुटर चालक गम्भीर घाइते भएका छन् । बा २ प ६२ नम्बरको ट्रिपरमा बौद्ध टुसालका फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको हो । प्रहरीका अनुसार आफन्तको घरमा सामान छाड्न ट्रिपर रोकिएको बेलामा पछाडीबाट आएर स्कुटर ठोक्किदा दुर्घटना भएको हो ।

प्रहरीले ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिएको छ भने घाइते चालक शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस