पौष १८, बाजुरा । सुचनाकाे हकका लागि राष्ट्रिय संजाल बाजुराकाे समिति गठन भएको छ । सुचनाकाे हकका बारेमा नागरिकलाई जानकारी सहित सुसूचित गर्नका लागि बाजुरामा साे समिति गठन गरीएकाे बताइएकाे छ।
सुचनाकाे हकका लागि राष्ट्रिय अभियान बाजुराकाे संयाेजकमा सर्वसम्मत पत्रकार कृष्ण अाेली चयन भएका छन् भने सहसंयाेजकमा पत्रकार प्रेम राैले चयन, सदस्य सचिवमा पत्रकार संगिता तिमिल्सेना चयन भएकी छन् । त्यस्तै सल्लाहकार समितिमा ३ जना रहेका छन् ।जसमा अधिवक्ता हर्क खडायत, पत्रकार मदन विक, सक्रिय युवा प्रमिला थापा चयन भएकी छन् ।
त्यसैगरी सदस्यमा अभियन्ता शेरबहादुर सार्की, पत्रकार सन्ताेषी रावल, अभियन्ता केशव बाेहरा लगायत सामाजिक क्षेत्रमा काम गर्ने अगुवाहरूकाे सहभागिता रहेकाे बाजुरा संयाेजक कृष्ण अाेलीले बताए । सुचनाकाे हकका लागि राष्ट्रिय संजाल बाजुराले सुचनाका हकका लागि स्थानीय नागरिकलाई सुसूचित गराउनुका साथै सराकारवाला निकायलाई यसकाे जवाफदेहिताका बारेमा सचेत गराउने अभियान संचालन गर्ने भएको छ