• २०८३ जेष्ठ ४ गते सोमवार

पोखरा फेवातालको गीत दाङमा सुटिङ

कैलाश घर्तिमगर पढ्न लाग्ने समय : २ मिनेट

पुस १८, पोखरा । विश्व व्यापी कोरोना कहर कोरोनाले तहसनहस परेको बेला नेपाल पनि अछुतो रहेन। अब सबैजना सामान्य अवस्थामा फर्कन चाहन्छन्। पछिल्लो अवस्था देशमा ठुला पर्दाका चलचित्र हलमा नचले पनि। नेपाली गीत संगीत भिडियो म्युजिकले युट्युबमा भरपुर स्वाद दिइरहेका छ्न।

फेवातालको पानी छल्कियो, यो मन किन तिमिमै पल्कियो, सारङ्कोटको काखैमा फेवातल बोलको, लोक झ्याउरे गीतको भिडियो म्युजिक धार्मिक पर्यटकीय स्थल दाङको बाह्रकुने दहमा सुटिङ भएको छ। शब्द संगित सर्जक लोक गायक अमर रोकामगर बिज्ञानको रहेको छ। यस गितलाई गायक संगित बि एम र नव गायिका अरुणिमा घर्तिमगरले गाएका छन। नृत्य निर्देशकमा खेमराज पुनमगर अभिनयमा खेमराज पुनमगर,मिना घर्तिमगर र स्मृति घर्तिमगर रहेका छन। छायांकन अनुभवी कृष्ण जिएले गरेका हुन। विषेश सहयोगीमा अर्जुन घर्तिमगर हुनुहुन्छ। ड्रेस पोसाकमा जन एकता युवा क्लब फगाम रोल्पाबाट उपलब्ध भएको हो।

यो गीतका शब्दहरु सबै पोखरा फेवाताल सारङकोटलाई समाबेश गरिएको पाइएको छ। तर यसको सुटिङ भने दाङको बाह्रकुने दहमा भएको छ। शब्द गीतले मागे अनुसार पोखरामा हुनुपर्ने हो किन दाङमा भयोरु लगानीको समस्या र हाम्रो आफ्नै प्राविधिक कमजोरीले पोखरा सम्म पुग्न सकेनौं। सोही ठाउँको मिल्दोजुल्दो यो ठाउँ भएकाले यहि ठाउँमा सुटिङ गरेका हौ। गायक बि एमको भनाइ छ। छिट्टै बजारमा आउने सबैले मन पराउने गायक गायिकाको अपेक्षा छ। लोक झ्याउरे गीतमा नाचिने गाइने गीतहरुमा प्राय जसो माया प्रीतिले भरिएका हुन्छ्न। यो नाच गीत नेपालको एक लोक प्रीय परम्परागतमा पनि पर्दछ।

Sharing

प्रतिक्रिया दिनुहोस