• २०८३ बैशाख १९ गते शनिवार

बिग बास लिगको पहिलो खेलमा सन्दीप लामिछानेले खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १७, काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग (बीबीएल) को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन्।

बीबीएको यस सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप दुई साताअघि अस्ट्रेलिया गएका थिए। उनको १४ दिन क्वारेन्टाइन सकिएसँगै मैदानमा आएका हुन्। भोलि हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। सन्दीपले यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। आज हुरिकेन्सले घोषणा गरेको टिममा सन्दीप पनि अटाएका छन्। उनले अहिलेसम्म ६ खेल गुमाएका छन्।

उनको खेल नेपाली समयअनुसार, भोलि बिहान ११ः५० बजे सुरु हुनेछ। उनले यस पटक आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन्।

Sharing

प्रतिक्रिया दिनुहोस