जेठ २५, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आ.व. २०७७/०७८ को गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा महत्वपूर्ण राय सुझाव पेश गर्नका लागि शुक्रवार एक सूचना जारी गर्नुभएको छ ।
सूचनामा भनिएको छः सुनिलस्मृति गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने कार्य थालनी भएको सहर्ष जानकारी गराउदै आगामी आ.व. २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्नुपर्ने विषयहरुका साथै राजस्व परिचालनका सन्दर्भमा आफ्नो अमुल्य राय, सुझावहरु यो सूचना प्रकाशन भएको मितिले १० दिन भित्र लिखित रुपमा गाउँपालिका कार्यालयमा आइ अथवा गाउँपालिकाको इमेल ठेगाना ssrminfo@gmail.com वा ito.sunilsmritirm@gmail.com मार्फत उपलब्ध गराइ दिनहुन सवै क्रियाशिल राजनीतिक दल, विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, व्यवसायी, समाजसेवी, कर्मचारी, शिक्षक, सञ्चारकर्मी लगाएत आम गाउँपालिकाबासीमा हार्दिक अनुरोध गर्दछौ भनिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।
