• २०८३ बैशाख २३ गते बुधवार

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौँ। आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँ वर्षको आज पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस