• २०८३ जेष्ठ ५ गते मङ्गलवार

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १६, काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। बिहीबार बिहान अपराध महाशाखाका टोलीले वीरगन्जबाट उनलाई पक्राउ गरेको हो ।

उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएपनि मनोज फरार थिए। उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस