• २०८३ बैशाख २६ गते शनिवार

चितवन निकुञ्जमा एक सिंगे गैंडाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत फेला परेको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मेघौली रेञ्जपोष्टअन्तर्गतको कोर इलाका अन्द्रौलीघाट क्षेत्रमा अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत भेटिएको हो ।

मृत गैंडाको नियमानुसार पोष्टमार्टमका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखा पठाइएको छ । उक्त गैंडा प्राकृतिक कारणले मरेको आँकलन निकुञ्जले गरेको छ। गैंडाको खाग र खुर सुरक्षित छ।

यस आर्थिक वर्षमामात्रै चोरी सिकारका कारण चार र प्राकृतिक कारणले पन्ध्र गरी १९ वटा गैंडा मरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस