• २०८३ बैशाख १४ गते सोमवार

अबको निर्वाचनमा कांग्रेस एक्लै जान्छ कोहीसँग मिलेर जाँदैन : देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १४, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारविरुद्धको प्रदर्शनमा र निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्। संसद विघटनको विरुद्ध नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजा गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

ओलीको सरकारले संसद भंग गरेर निर्वाचनको मिति समेत घोषणा गरिसकेको छ। कसैसँग मिलेर जाँदैनौँ मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलापमा एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ। ’ देउवाले संसद विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए। कांग्रेस अदालतलाई थर्काउने, धम्क्याउने पार्टी नभएको भन्दै देउवाले अदालतको फैसला स्वीकार गर्ने पनि बताए।

कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो। सधैँ सम्मान गरेको छ। धम्क्याएर होइन। अदालतले जुनै पनि किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौँ। बानी पनि छैन, चलन पनि छैन। अदालतलाई स्वविवेकीय अधिकार छ,’ उनले भने, ‘अदालतको अधिकारको निर्णय त्यसलाई हामी स्वीकार गर्नेछौँ। अन्तिम ठाउँ न्यायालय हो। हाम्रो पक्षमा होस् विपक्षमा होस् मान्न तयार छौँ।’

उनले अदालतमा विचाराधिन मुद्दामा कांग्रेस नबोल्ने पनि बताए। देउवाले छिटै केन्द्रीय समितिको बैठक गरेर देशका कहाँ कहाँ विरोध प्रदर्शन गर्ने निर्णय गर्ने बताए।

Sharing

प्रतिक्रिया दिनुहोस