• २०८३ असार १६ गते मङ्गलवार

सालकको खपटासहित तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ। नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जना व्यक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ ।

आइतबार चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट-७ मा खटिएको सेना, बाँदरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले सालकको खपटा ३७५ ग्राम र सुकुटी करिब ५०० ग्रामसहित चितवन माडीनगरपालिका-६ का केशरबहादुर तामाङ, शुक्रप्रसाद तामाङ र पञ्चलाल प्रजालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस